माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ५१ घर प्रभावित

झापा । अविरल वर्षाका कारण माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् ।

आज बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगंज र झापा गाउँपालिका वडा न. १ को सिमाना टप्पुस्थित माईखोलाको पानीको बहाव बढेर डुबान गर्दा झापा गाउँपालिका २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् ।

बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ । त्यस्तै वडा नं २ को कुवाडी गाउँमा पनि घुँडासम्म पानी जमेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् ।

उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक दिपेन्द्र राईको कमाण्डमा ४ जनाको टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

माईखोलानजिकै रहेका वडा न.१ को मिलनबस्ती, सालमारा, लसुनगंज, सितुमारी, वडा नं २ को टप्पुगाउँ, सुगाबथान, कुवाडी , हवलदार बस्ती, बालुवाटार र सडकवारी जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
255
सम्बन्धित

लोकप्रिय

लोकप्रिय