मलेसियामा अलपत्र परेका भद्रपुरका लिम्बूलाई घर फर्काइयो

Share :

झापा । मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू नगरपालिकाको पहलमा घर फर्केका छन् ।

भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको नगरपालिकाले जनाएको छ ।

लिम्बू वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत थिए ।


विगत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय