मन्त्री नबन्ने कांग्रेस नेता सिटौलाको घोषणा

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्री बन्न अरुचि प्रकट गर्नु भएको  छ ।

नेकपा एमालेसँग मिलेर सरकार बनाउने सहमति गरेपछि कांग्रेस सिटौलाको नेतृत्वमा सरकारमा सहभागी हुन्छ भन्ने अनुमान चलिरहेको छ ।

तर, उहाँले मन्त्री बन्न आफ्नो अरुचि देखाउनु भएको छ ।पत्रकार ऋषि धमलाको कार्यक्रममा सोमवार राति बोल्दै सिटौलाले आफु सरकारमा नजाने तर सरकारलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।


सिटौला हाल राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता हुनुहुन्छ । नेता सिटौलाले सरकारमा जान रुचि नदेखाएपछि कांग्रेसका तर्फबाट झापाका सांसद्  एवम् पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा मन्त्री बन्न सक्ने चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय