सुखानी सामुदायिक वनद्धारा उपभोक्तालाई फलफुलका बिरुवा बितरण

अर्जुनधारा । इलामको माई नगरपालिका-४ स्थित कार्यालय रहेको इलाम र झापाका उपभोक्तालाई समेटेर बनेकोे सुखानी सामुदायिक वन उपभोक्ता समितिले विभिन्न जातका फलफुलको बिरुवा बितरण गरेको छ ।


‘समृद्धी शुुसासन र वन व्यवस्थापन, एकजन एकरुख, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ वन प्रवर्दन कार्यक्रम अन्तर्गत सामुदायिक वनका उपभोक्ताहरुलाई बिरुवा बितरण गरिएको सामुदायिक वन समितिका अध्यक्ष मंगलसिंह लिम्बूले जानकारी दिनुभयो ।

चुरे उत्थानशिल आयोजना कोशी प्रदेश इटहरीबाट प्राप्त भएका आँप, लिची, कटहर, अम्बा र कागती लगायत विभिन्न जातका फलफुलका ६ सय ४० वटा बिरुवाहरु बितरण गरिएको उहाँले बताउनुभयो ।


सामुदायिक वनको संरक्षण र प्रवर्दनमा निरन्तर काम गरिरहेको समितिले बनक्षेत्रमा मात्रै नभई उपभोक्ताहरुको बसोबास रहेको क्षेत्रमा समेत हरियाली कामय गराउदै वताबरण संरक्षणमा सहयोग पुर्याउन बिरुवा बितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो ।

खान र बिक्री बितरण समेत गर्नका लागि उपयुक्त हुने फलफुलका बिरुवाहरु सामुदायिक वनले बितरण गरेको हो । सोमबार कार्यालय परिसरबाटै ६ सय ४० वटा बिरुवा बितरण गरिएको थियो ।

सुखानी सामुदायिक वनमा इलामको माई नगरपालिका-४ र झापाको अर्जुनधारा नगरपालिकाको-३ नम्बर वडाका ६ सय २५ घर उपभोक्ता लभान्वीत छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
260
सम्बन्धित

लोकप्रिय

लोकप्रिय