हराएकी महिला अजिंगरको पेटभित्र मृत फेला

एजेन्सी । इन्डोनेसियामा एक अजिंगरको पेटभित्र महिला मृत अवस्थामा भेटिएकी छन् । यो घटना दक्षिणी सुलाबेसी प्रान्तको सितेबा गाउँको हो ।


इन्डोनेसियाली प्रहरीका अनुसार, गएको मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो सन्तानका निम्ति औषधि लिन घरबाट निस्केकी थिइन् । तर, फर्केर नआएपछि उनको खोजी गरिएको थियो ।

उनका पति आदियांसाले प्रहरी अधिकारीलाई बताए अनुसार आफ्नो घरको ५०० मिटरको दूरीमा उनले सिरियातीका चप्पल र कपडा भेटेका थिए। स्थानीय प्रहरी प्रमुख इदुलका अनुसार, आदियांसाले एक जिउँदो अजिंगर भेटे र त्यसको टाउको छिनालेका थिए ।


अजिंगरको फुलेको पेट देखेर उनलाई शंका लागेको थियो । उनले अजिंगरको पेट पनि काटे । पेटभित्र उनले आफ्नी पत्नीको शव देखे । यसअघि, गएको जुनको सुरुमा पनि दक्षिणी सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निलेको थियो ।

अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सबैको साथमा एउटा चक्कु राख्न प्रहरीले स्थानीय बासिन्दालाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय