बिर्तामोड बसपार्क क्षेत्रका जग्गाधनीहरुको कानुनी त्रुटि छैन् : प्रजिअ बाँस्तोला

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टेक बहादुर गिरी बसपार्कबासीको विपक्षमा कसैले पनि नबोलेको बताएका छन् ।

उनले ५१ बिघाभित्र बसोबास गर्ने ५ सय घरपरिवारकै पक्षमा सदासायता पाएको बताए । शुक्रवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरोकारवालासँग सो क्षेत्रको समस्याका बारेमा छलफल आयोजना गरेका थिए । छलफलमा प्रजिअ बास्तोलले यस्तो बताएका हुन् ।

उनका अनुसार सर्वोच्चको फैसलालाई संविधानले कानुन सरह भनेको छ । फैसला आइसकेपछि कार्यान्वयनका लागि बाध्यकारी हुने प्रजिअ बास्तोलाको भनाई छ । मागकर्ताको निवेदनभन्दा फरक अदालतले फैसला बाहिर द्रष्टव्यका रुपमा व्याख्या गरेको छ ।

उक्त द्रष्टव्यलाई महान्यायाधिवक्तसँग राय लिएर व्याख्या गर्न सकिने प्रजिअको भनाई छ । बसपार्कको समस्या समाधानका लागि महान्यायाधिवक्ता वा कानुन मन्त्रालयबाट व्याख्या गरेर रोक्नु नपर्ने भनेर चिठी आएमा त्यै दिनदेखि काम सुरु हुन्छ ।

जग्गाधनीहरुको कानुनी त्रुटि नरहेको प्रजिअ बाँस्तोलाको धारणा छ । उनले भने – अदालतले यदि जग्गा राष्ट्रकै हुनुपर्छ भनेमा जग्गाधनीहरुलाई मुआब्जा दिएर मात्रै लिनुपर्छ । जग्गाधनीहरु कानुनी रुपमा बलियो हुनुहुन्छ, सभामुखबाटै चासो चिन्ता भएपछि बसपार्कबासीको समस्या चाडैं समाधान हुने अपेक्षा छ, प्रजिअ भन्छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
275
सम्बन्धित

लोकप्रिय

लोकप्रिय