झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मर्‍यो

झापा । झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ ।


आइतबार बिहान ८ बजे कचनकवल गाउँपालिका ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो ।

सोही ठाउँ बस्ने लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लैजाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।


एउटा गोरुलाई करेन्ट लागेर घटनास्थलमै मरेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय