झापामा एक महिलालाई धारिलो हतियार प्रहार गरि फरार रहेका दास सप्तरीबाट पक्राउ

बिर्तामोड । झापामा एक महिलालाई धारिलो हतियार प्रहार गरि फरार भएका एक व्यक्तिलाइ प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।


हिजो शनिबार दिउसो १ बजे झापाको कमल गाउपालिका-६ मा कोठा भाडामा लिएर सिटि रिक्सा चलाएर बसेका ४१ बर्षको रुपेश दासले सोहि स्थानको सुकुम्बासी टोल बस्ने बस्ने ३१ बर्षकी सुमित्रा ऋषिदेवलाई धारिलो हतियारले टाउको र दुवै हातमा प्रहार गरि फरार भएका थिए ।

प्रहरी टोलीले घटनास्थलबाट खुकुरी थान-१, छुरी थान-१ र रड थान-१ बरामद गरि दासको खोजतलास अघि बढाएको थियो ।


उनलाई सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय