जुन बसमा यात्रा गरेको त्यही बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

यात्रा गरेको बसबाट झरेर घरतर्फ लाग्ने क्रममा सोही बसले ठक्कर दिँदा शनिबार पोखरामा एकजनाको मृत्यु भएको छ।


मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजाती बस्ने ७२ वर्षीया ललिता थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा–२ बिन्दबासिनीचोकबाट सराङकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा पोखरा–१८ ग्यारजातीमा बसबाट ओर्लिएर घरतर्फ हिँड्ने क्रममा बसको पछाडिको पांग्राले च्यापी घाइते बनाएको थियो।


घाइते थापालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय