आजबाट सुरु भयो अति भारी वर्षा

काठमाडौं । यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो ।


यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो । यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन । उनको अनुसार दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
220
सम्बन्धित

लोकप्रिय

लोकप्रिय