एसइई नतिजा पुनः चेकजाँच गर्न १० हजार भन्दाबढी निवेदन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एनजी अर्थात् अनुत्तीर्ण भएकामध्ये दश हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको लापरबाहीले एसइईमा अनुत्तीर्ण भएको भन्दै परीक्षार्थीले उत्तरपुस्तिका तथा ग्रेडिङ नम्बर पुनः परीक्षणको माग राख्दै निवदेन दिएका हुन ।

बोर्डका अनुसार दैनिक करिब दुई हजारको संख्यामा रिटोटलिङका लागि निवेदन आइरहेको छ । यसपटक विद्यार्थीले अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसकारण धेरै विद्यार्थीले निवेदन दिएको बोर्डको बुझाइ छ ।

बोर्डमा अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाफल सार्वजनिक गरेको भोलिपल्टदेखि रिटोटलिङका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको थियो । १४ असारयता १० हजारले अनलाइन निवेदन दिएका हुन् । अध्यक्ष शर्माका अनुसार अझै निवेदन आइरहेको छ । निवेदक बिद्यार्थीहरुको उत्तरपुस्तिका तथा विवरण फेरि एकपटक चेकजाँच हुनेछ । यसको नतिजा १५–२० दिनभित्र आउने समेत उहाँले बताउनुभयो ।


बोर्डले एसइईको नतिजा सार्वजनिक भएको १५ दिनसम्म रिटोटलिङका लागि निवदेन दिन सकिने सूचना जारी गरेको छ । हालसम्म निवेदन दिएकामध्ये सबैभन्दा धेरै गणित, सामाजिक, विज्ञान र नेपाली विषयका छन् । बोर्डको समग्र नतिजाअनुसार पनि यी विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

बोर्डले गत बिहीबार नतिजा सार्वजनिक गरेको थियो । जसमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय