अर्जुनधारामा ‘एक व्यक्ति एक बिमा सहयोग’अभियान : ३ सय जनाको बिमा गरिदिने मेयरको घोषणा

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले नगरका ३ सय जना विपन्न नागरिकहरूको निशुल्क बिमा गरिदिने घोषणा गर्नुभएको छ ।

निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन दाता स्वास्थ्य बिमा अभियान ‘एक व्यक्ति एक बिमा सहयोग’ को थालनी गर्दै मेयर गोम्देनले यस्तो घोषणा गर्नुभएको हो ।

जस अन्तर्गत मेयर गोम्देनले आफ्ना परिवारजनको स्मृतिमा आफ्नो तलब सेवासुविधाबाट प्राप्त हुने रकमले १ सय जनाको स्वास्थ्य बिमा गरिदिने र अन्य २ सय जना विपन्न नागरिकहरुकाे स्वास्थ्य बिमाकालागि दाता संस्थासंग समन्वय गरिएको बताउनुभयो ।


गोम्देनले एक व्यक्तिले एक व्यक्तिलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावले आर्थिक सहयोग पुर्याउन अभियान सुरु गरिएको बताउनुभयो । उहाँले कम्जोर आर्थिक अवस्था भएका नागरिकहरुको सहयोगका लागि अभियानमा जोडिन् सम्पूर्ण नगरवासीलाई आग्रह समेत गर्नुभयो।

नगद ३५ सय रुपैयाँले एक व्यक्ति तथा ५ जनासम्मको परिवारको एक बर्ष अवधिभरका लागि स्वास्थ्य बिमा हुने व्यवस्था छ । जस अन्तर्गत बिमितले नगद १ लाख बराबरको स्वास्थ्य सेवा पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय