नेपाल आइडलकी इशालाई अर्जुनधारामा सभामुखद्वारा सम्मान

बिर्तामोड । गायन रियालिटी सो नेपाल आइडलको पाँचौँ संस्करणमा सातौँ स्थानसम्म पुग्न सफल भएकी झापा अर्जुनधाराकी इशा सुवेदीलाई अर्जुनधारा नगरपालिकाले सम्मान गरेको छ ।


सुवेदीलाई एक कार्यक्रमकाबिच प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नगरप्रमुख बलदेबवसंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले सम्मान गर्नुभएको थियो ।

सुवेदी चर्चित रियालिटी सो नेपाल आइडलको सातौँ स्थानबाट बाहिरीएकी थिइन् । कर्णप्रिय स्वरकी धनी सुवेदी अर्जुनधारा नगरपालिका–११ निवासी हुन् ।


कार्यक्रममा उनले आस्था राउतको ‘चौबन्धीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको गीत पनि गाएकी थिइन् ।

कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सांगीतिक क्षेत्रमा अझबढी सफलता हात पार्न सुवेदीलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
225
सम्बन्धित

लोकप्रिय

लोकप्रिय