अर्जुनधाराको शनिश्चरे अस्पतालमा अत्याधुनिक उपकरणसहितको शल्यक्रिया सेवा सुरु

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभयो ।


नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिनुभयो ।

शल्यक्रियासहितको ‘आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ । सभामुख घिमिरेले शनिश्चरे अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सबै पक्षको सहयोग रह्यो भने अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नेमा अफु विश्वस्त रहेको उहाँले धारणा राख्नुभयो ।


मेयर गोम्देनले आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन गर्ने यो बर्ष अर्जुनधारा नगरपालिका नेपालमै एकमात्र भएको बताउनुभयो । बालबालिकाहरुलाई गर्भदेखि नै बाँच्न पाउने अधिकारका लागि पनि आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएको उहाको भनाइ छ । उहाँले आफ्नोतर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो ।

उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।शनिश्चरे अस्पतालमानै बिर्तामोडमा भएका सुविधा सम्पन्न अस्पतालहरुले दिने सुविधा सरहको सेवा सुरु गरिएको भन्दै मेयर गोम्देनले अब उपचारकालागि अन्यत्र जान नपर्ने बताउनुभयो । साथै उहाँले इमान्दार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

उपकरण खरिदमा यस क्षेत्रका सांसदसमेत रहेका सभामुख घिमिरे र उनको सचिवालयले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिनुभयो । न्यून आर्थिक अवस्थाका नगरबासीलाई उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको साटो अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको गोम्देनको भनाइ छ । उहाँले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
480
सम्बन्धित

लोकप्रिय

लोकप्रिय