लामो समयदेखि अवरोध खेपेको बिर्तामोड-शनिश्चरे सडक संचालनमा

शनिश्चरे । लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक आजबाट संचालनमा आएको छ ।


भत्किएर बर्षाैदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसंगै आजबाट सवारी साधन सहजै आवतजावत गर्न थालेको हो ।

गत असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य हिजो मंगलबार सम्पन्न भएको हो । काम सुरु भएपछि बिचमा केहि दिन स्थगित हुँदा ढिलाई भएको थियो । त्यस अघिनै निर्माण गर्नुपर्ने सडक विभिन्न कारणले निर्माण हुन पाएको थिएन ।


१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको यो सडकको पुरा स्वरुप बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म ४ लेन र दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । हाल सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म १ दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको यो सडक २०७९ जेठमा ठेक्का लागेको थियो ।

यो सडक खण्डमा यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डा–खुल्डी भएका कारण कतिपय सवारी साधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उदेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय