लगातार उकालो लाग्यो सुनको मुल्य

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।


मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।


मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय