सत्संगको क्रममा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो

उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ ।


उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो ।

एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।


स्थानीय पत्रकार धर्मेन्द्र चौधरीका अनुसार आगराका सीएमओले हातरसमा पोस्टमार्टमका लागि ठाउँ नरहेको बताएका छन् ।

समाचार तयार पार्दासम्म आगराको शवगृहमा ३० जनाको शव पुगेको थियो ।  यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
235
सम्बन्धित

लोकप्रिय

लोकप्रिय