बिर्तामोड–शनिश्चरे सडकको बाँकी रहेको खण्डमा कालोपत्रे लगाउने काम सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड–शनिश्चरे सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण सम्पन्न भएको छ । पहिलो पल्ट कालोपत्रे भएको करिब ४० बर्षपछि यो सडकले पुन: स्वरुप परिर्वतन गरेको हो ।


गत असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य आज सम्पन्न भएको हो । काम सुरु भएपछि बिचमा केहि दिन स्थगित हुँदा ढिलाई भएको थियो । लगातारको झरी र प्राविधिक समस्याका कारण कालोपत्रे गर्ने कार्यले पूर्णता पाउन केहिदिन ढिला भएको निर्माण पक्षले बताएको छ ।

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको यो सडकको पुरा स्वरुप बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म ४ लेन र दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । हाल सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म १ दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको यो सडक २०७९ जेठमा ठेक्का लागेको थियो ।


यो सडक खण्डमा यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डा–खुल्डी भएका कारण कतिपय सवारी साधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उदेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए । समयमा रकम निकासा नहुँदा निर्माणकार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले बताउदै आएका थियो ।

सडक निर्माण सम्पन्न भएसंगै उक्त सडकबाट यात्रा गर्ने सवारी र यात्रुलाई सहज भएको छ । सडकमा कालोपत्रे भएपछि लामो समयदेखि सडक निर्माणको माग गर्दै आईरहेका स्थानीय भने हर्षित भएका छन् । यो सडक मार्गको प्रयोग गर्दै पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडबाट शनिश्चरे खुदुनाबरीहुँदै इलामसम्मका यात्रुहरुका लागि सहज भएको छ ।

कालोपत्रे निर्माण सम्पन्न भएसंगै भोलिबाट सडक पूर्णरुपमा संचालनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय