लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्षमा उपेन्द्र बानियाँ

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।


एक कार्यक्रमका बीच आईतबार साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा वर्ष २०२४–२५ का लागि चयन हुनुभएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटी वर्ष २०२३–२४ का अध्यक्ष दुर्गाबहादुर थपलियाले वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँलाई पद हस्तान्तरण गर्नुभएको थियो । वर्ष २०२३–२४ का अध्यक्ष थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्षुमण खड्का (प्रेम)ले गर्नुभएको थियो । लायन्सको नियम अनुसार क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।


पदभार ग्रहणपछि कार्यक्रममा बोल्दै वर्ष २०२४–२५ का अध्यक्ष बानियाँले बिर्तामोड लायन्स सामाजिक कार्यमा संधै सक्रिय रहने बताउनुभयो । स्थानीय सरकार र विभिन्न संघसंस्थासंग भाइचाराको सम्बन्ध बनाउनदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने बताउनुभयो ।

त्यसअघि वर्ष २०२३–२४ का अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराउनुभएको थियो । उहाँले बिद्यार्थीहरुका लागि पोशाक तथा शैक्षीक सामाग्री बितरण, रक्तदान, दृष्टीविहिनका लागि सहयोग लगायतका विभिन्न १६ वटा कार्यक्रमहरु गरिएको बताउनुभयो ।

त्यस्तै लायन्स क्लबका डिस्ट्रिक चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली, लायन्स क्लब अफ बिर्तामोड लेडीकी पूर्व अध्यक्ष दुर्गा पाठक थपलिया र युवा व्यवसायी विशन लिम्बूले बधाई ज्ञापनसहित आफुनो भनाई राख्नुभएको थियो ।

सन् २०१७–१८ मा स्थापना भएको क्लबका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय