अर्जुनधाराको गरुवा चौक बजार क्षेत्रमा जोडियो सिसिटिभि

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाको गरुवा चौक बजार क्षेत्रमा सिसिटिभि क्यामरा जडान गरिएको छ ।


साविकको खुदुनाबारी गाविस तथा अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २ र ३ को मुख्य बजारको रुपमा विकास भइरहेकोे गरुवा चौक बजार क्षेत्रमा ३ वटा सिसिटिभि क्यामरा जडान गरिएको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा कार्यालयको ३ लाख लागतमा वडा कार्यालय अगाडी बजार क्षेत्रमा ३ वटा सिसिटिभि जडान गरिएको हो । त्यस्तै वडा कार्यालयमा एउटा स्मार्ट टिभि समेत जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षा तथा सडक सुरक्षालाई बिषेश ध्यान दिएर सिसिटिभि जडान गरिएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।


साविकको खुदुनाबारी गाविस र इलामको पश्चिम दक्षिण क्षेत्रका नागरिकको प्राथमिक बजार क्षेत्रको रुपमा गरुवा चौकमा बजार बिस्तार भईरहेको छ । पछिल्लो समय सवारीसाधनको चाप समेत बढीरहेको बेला सडक सुरक्षामा सहयोग पुर्याउनका लागि सिसिटिभि जडान गरिएको हो ।

बजार क्षेत्रमा हुने अपराधिक कृयाकलापको निगरानी तथा नियन्त्रणका लागि समेत सिसिटिभिको अवश्यक्ता रहेका लागि उक्त क्षेत्रमा जडान गरिएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।

जडान गरिएको सिसिटिभिको निगरानी तथा नियन्त्रण अस्थाई प्रहरी चौकी खुदुनाबरी र वडा कार्यालयमा समेत रहने व्यवस्था गरिएको छ । यसअघि खुदुनाबारीको फल्गुनन्द चौक बजार क्षेत्रमा ४ वटा सिसिटिभि जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
305
सम्बन्धित

लोकप्रिय

लोकप्रिय