ब्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्छौ -मेयर प्रसाई

झापा । बिर्तामोडका ब्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसंग ब्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नु पर्ने र ब्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनु पर्ने माग समेत गरे ।


राज्यलाई सबैभन्दा धरै कर ब्यवसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले दुखेसो पोखे । कार्यक्रममा बोल्दै अलौंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।

महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् ।झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले ब्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए ।


त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै ब्यवसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । करतिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मान जनक व्यवहार गर्नु पर्ने उनको धारणा थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै भने – बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउनम नगरप्रमुखलाई अनुरोध गर्छु । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने आफू प्रतिवद्ध रहको बताए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै ब्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार थापा, वलराम कार्की, व्यवसायी गणेश पौडेल, ओम कृष्ण विमली लगायतले आ– आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय