झापाकाे पन्थापाडाबाट लागुऔषध सहित एक भारतीय पक्राउ

झापा । झापा गाउँपालिका–५ पन्थापाडाबाट लागुऔषध सहित एक भारतीय पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पंन्चायत वार्ड नं. १ बस्ने ३२ वर्षीय तनविर आलम रहेको प्रहरीले जनाएको छ।

शनिबार बेलुका अन्दाजि १८ः३० बजे झापा झापा गाउँपालिका वडा नं. ५ पन्थापाडा स्थित बिओपीबाट खटिएको सशस्त्र प्रहरीको चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ३७ एच ९५५५ नम्बरको भारतिय मोटरसाईललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार आलमको साथबाट प्रतिबन्धित लागु ‍औषध ब्राउन सुगर ७ ग्राम ५८० मिलिग्राम, प्लाष्टिक बाहेक ५ ग्राम ४८० मिलिग्राम फेला पारेको थियो।


साथै नेपाली रुपैयाँ उन्चालिस हजार एक सय र भारतिय दुई सय रुपैयाँ, भिबो कम्पनिको मोबाईल १ थान सहित फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
170
सम्बन्धित

लोकप्रिय

लोकप्रिय