कुकुरसँग मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु

झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

शुक्रबार साँझ ७ः३० बजेको समयमा कमल-५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-२ बस्ने २६ वर्षीय पदमबहादुर पौडेल र पछाडी सवार सोही ठाउँका ४० वर्षीय नबिन आचार्य घाइते भएका थिए ।

घाइते दुवैलाई दमकस्थित निम्स अस्पताल लगिएको थियो । त्यहाबाट थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको र आचार्यको उपचारका क्रममा हिजाे दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
700
सम्बन्धित

लोकप्रिय

लोकप्रिय