टी–२० अन्तर्राष्ट्रियबाट विराट कोहलीको सन्न्यास घोषणा

भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् ।


फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’

भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो । यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन् । निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे । फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए ।


कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय