शान्ति सामुदायिक वनमा निःशुल्क स्वास्थ्य शिविर

अर्जुनधारा । युवा नागरिक समाज अर्जुनधाराको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


अर्जुनधारा नगरपालिकाको २ नम्बर वडास्थित शान्ति सामुदायिक वन र शंकर अस्पताल शनिश्चरेको प्राविधिक सहयोगमा समाजले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

शान्ति सामुदायिक वनको कार्यलयमा संचालन भएको शिविरमा १ सय २२ जनाले स्वास्थ्य परिक्षण गराएको युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन शिवाकोटीले जानकारी दिनुभयो । ३२ जना बालबालिका, ५५ जना महिला र ३५ जना पुरुष गरि १ सय २२ जनाले सेवा लिएको शंकर अस्पतालका प्रबन्ध निर्देशक समेत रहनुभएका समाजका अध्यक्ष शिवाकोटीले बताउनुभयो । शिविरमा बाल रोग बिशेषज्ञ र फिजिसियन डाक्टरले सेवा प्रदान गरेका थिए ।


शिविरमा बालबालिका, बृद्धा र बयस्कहरुको विभिन्न रोगको परिक्षणसंगै निःशुल्क औषधि समेत बितरण गरिएको समाजका अर्जुनधारा सचिव सन्दिप ढकालले जानकारी दिनुभयो ।

शान्ति सामुदायिक वनले निःशुल्क स्वास्थ्य शिविर संचालनका लागि युवा नागरिक समाजसंग सहकार्य गरेर उपभोक्ताहरुलाई स्वास्थ्य साहयता प्रदान गरेका शान्ति सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले बताउनुभयो । ग्रामीण भेगमा रहेका विपन्न नागरिकहरु सहर बजारसम्म गएर स्वास्थ्य परिक्षण तथा उपचार गराउन नसकीरहेको अवस्थामा यस्ता किसिमको स्वास्थ्य शिविर प्रभावकारी हुने सामुदायिक वनका पदाधिकारीहरुको बुझाई छ ।

युवा नागरिक समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीले समाजमा रहेका अवाज विहिनहरुको अधिकार र सेवाका लागि युवा नागरिक समाजले विभिन्न कार्यहरु गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
325
सम्बन्धित

लोकप्रिय

लोकप्रिय