बिर्तामोड । झापामा नेपाल तामाङ महिला घेदुङकाे जिल्ला समिति गठन गरिएको छ । ११ सदस्य जिल्ला कार्यसमितिको अध्यक्षमा देविमाया मोत्तान तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा माया तामाङ, सचिवमा राधिका तामाङ र कोषाध्यक्षमा पुजा ह्योञ्जन तामाङ निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा सरस्वती तामाङ, मनमाया तामाङ, दुर्गादेवि तामाङ र सारदा तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाल तामाङ महिला घेदुङ जिल्ला समिति झापा गठन कार्यक्रमलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष जगतबहादुर तामाङले अध्यक्षता गर्नुभएको थियो । नेपाल तामाङ घेदुङ प्रदेश अध्यक्ष रेखबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा झापा इन्चार्ज पदमबहादुर ग्याबकको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ बिर्तामोड नगर अध्यक्ष बिजय गोले, बुद्धशान्तिका अध्यक्ष देविध्वज ह्योञ्जन, मेचिनगर कार्यवाहक अध्यक्ष भत्त मोत्तान, अर्जुनधारा नगर उपाध्यक्ष रिता घिसिङ, दमक नगर उपाध्यक्ष समुन्द्र लामा, भद्रपुर नगर सचिव राकेश तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङ झापाकी अध्यक्ष कञ्चन रुम्बा तामाङ, महिला घेदुङ बिर्तामोडकी अध्यक्ष हेमा भण्डारी ह्योञ्जन, मेचिनगर ६ का अध्यक्ष राम घिसिङ, महिला अध्यक्ष लक्ष्मि थिङ लगायतको आतिथ्य रहेको थियो । त्यस्तै १५ वटा स्थानिय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।