इटहरी। इटहरीमा सडकमै धान रोपिएको छ ।
इटहरी उपमहानगरपालिका ४ स्थित रेडक्रस चौक नजिकै सडकमा पानी जमेर ठूलो खाडल बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।
बाक्लो संख्यामा भेला भएका स्थानीयले सम्बन्धित निकायमा सडक बनाइदिन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेकाले सडकमै धान रोप्न बाध्य भएको स्थानीयबासीको भनाइ छ ।
यो इटहरीको जुटविकास हुँदै तालतलैया जाने बाटो हो ।