अर्जुनधारामा २६ बर्षका युवकले झुन्डिएर गरे आत्महत्या

खुदुनाबारी । झापाको अर्जुनधारामा एक २६ बर्षका युवकले झुन्डिएर आत्महत्या गरेका छन ।

अर्जुनधारा नगरपालिका १ मदनपुरका तिर्थ राज पोखरेलले  झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको शनिश्चरे प्रहरी चौकीका इन्चार्ज नर बहादुर खड्काले जानकारी दिनुभयो ।

आफ्नै घरमा कोठामा रहेको पंखामा प्लास्टिकको डोरी प्रयोग गरेर झुन्डिएको अवस्थामा उनलाई शुक्रबार राति ११ बजे फेला पारिएको थियो ।

प्रहरीको अनुसार उनले लामो समयदेखि मादकपदार्थ सेवन गर्ने गरेका थिए । उनले यस अघि पनि २ पटक आत्महत्याको प्रयास गरेका थिए ।

स्थानीयक अनुसार भने उनि लागुऔषध प्रयोगकर्ता थिए । मानसिक बिचलनका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक पोखरेलले २ बर्ष अघि विवाह गरेका थिए ।

उनको शवलाई आज बिहान करिब ९:३० बजे पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय