आईसीसी टी-२० विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्ने

आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो।

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो ।

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
240
सम्बन्धित

लोकप्रिय

लोकप्रिय