कमल खोलाले बगाएका मुर्मु मृत भेटिए

झापा । झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका १ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् ।


उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको थियो ।


त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएको बालक मिलन बिक अझै फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय