कुशिका बनिन् झापामा एकमात्र ४ जिपीए प्राप्त गर्ने विद्यार्थी

बिर्तामोड । एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् ।

दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए ।

राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् ।


झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् ।

झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् ।

करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
3
+1
2
+1
2
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय