असार मसान्त नामको असुली आतंक रोक्न विप्लव नेतृत्वको नेकपाको चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी बुधबार चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ ।


पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक रुपमा गंभिर संकटमा फसेको, राज्य स्वयमले पुंजिगत खर्चको भुक्तानी दिन नसकेको, व्यापार घाटा बढेको, उद्योग ब्यवसाय चौपट भएको र यस्तो बेला बैंकहरुले नागरिकहरु बिरुद्ध बाँच्न पाउने हक समेत खोस्ने गरि गरेको हर्कतको बिरोध गरिएको छ । बिज्ञप्तिमा उद्योगी ब्यवसायीहरु लाई दुख नदिन चेतावनी दिइएको छ ।

 


बिज्ञप्तिको पुर्ण पाठ यस्तो छ :

यतिवेला झापामा कृयाशिल उद्योगी , व्यापारी र सर्वसाधरण श्रमिक जनता माथि बैंक, लघुवित्त संस्था र मिटर व्याजी हरुले असार मसान्त अर्थात क्लोजिङको नाममा चलाएको अशुलि आतंक प्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।

यो समय उद्योगी व्यापारीहरुको उद्योग धन्दा कारोवारको अवस्था खंस्कदो र संकटपूर्ण रहेको छ। व्यापार घाटाको अवस्था डरलाग्दो बन्दै गइरहेको छ । राज्यले पुजिगत खर्च तर्फको भुक्तानि समेत समयमा दिन नसक्दा त्यसले बजारलाई झन ठुलो संकटमा फंसाइ रहेको छ । यतिवेला आम सर्वसाधरण, मध्यम स्तरका व्यापारी, उद्योगी, निर्माण व्यवसायी कम्पनीहरु समेत यो आर्थिक तरलताको मारमा पिल्सनु परेको छ ।

यस्तो गंभिर अवस्थामा नेपाल सरकारले आम सर्वसाधरण जनता, मध्यम वर्गिय व्यवसायी, उद्योगी हरुको बांच्न पाउने अधिकारको विषयमा कुनै चासो नदिएको र नितिगत निकास नदिइ दोहोरो चरित्र देखाइ रहेको हुंदा वित्तिय संस्था बैंक तथा मिटरव्याजी हरुले धमिलो पानीमा माछा मार्ने धन्दा संचालन गर्ने स्थिती बनेको छ ।

बैंक तथा वित्तय संस्थाहरु व्यवसायी तथा उधोगी हरुको नाममा सार्वजानिक सुचना प्रकाशन गर्ने, लोन रिकभरि नामक गुण्डाहरुको टिम बनाएर फोन मार्फत र घर घर गएर धम्काउने, थर्काउने, गाली वैज्जत गर्ने, आक्रमण गर्ने जस्ता विभिन्न दवाव हरु पैदा गर्ने कार्य गरिरहेका छन्। यो आतंकपूर्ण कार्य अझ धेरै यतिवेला असार मसान्तको वहानामा भैरहेको छ ।

देशको आर्थिक क्षेत्रमा उत्पन्न भएको यस्तो संकटपूर्ण अवस्थामा उधोगि व्यवसायी हरुको बांच्न पाउने हक समेत खोस्ने गरि उद्योगी व्यवसायी हरुको सामाजीक अस्तित्वमा आंच पुर्याउने र मर्न वा पलायन हुन बाध्य पार्ने कार्यहरु बढिरहेका छन् ।

हामि उद्योगी व्यवसायी हरुको सुरक्षा र हितमा गंभिरता पुर्वक सोच्न राज्य समक्ष जोडदार माग गर्दछौं । साथै असार मसान्तको नाममा अशुली आंतक संचालन गरेर होइन कि बरु के गर्यो भने उधोगि व्यवसायी लाइ सहज हुन्छ र ऋण उठ्न सक्छ भन्ने कुरामा बैंक तथा वित्तिय संस्थाले संयमित भएर गंभिरता पुर्वक लाग्न अनुरोध गर्दछौ । उधोगि व्यवसायी तथा जनताको बांच्न पाउने हक समेत खोस्ने गरी भएका र गरिएका सबै खाले हर्कतहरु तुरुन्त रोक्न बैंक वित्तिय संस्था र मिटर व्याजी हरुलाइ कडा चेतावनि दिन चाहान्छौं।

उद्योगी व्यवसायी हरु तथा सर्वसाधरण जनता
लाइ संयमित बन्न र उच्च मनोवल सहित यो संकट विरुद्ध संघर्ष गर्न अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
210
सम्बन्धित

लोकप्रिय

लोकप्रिय