बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता

बिर्तामोड । झापाको दक्षिणपश्चिम पालिका गौरीगञ्ज वडा नम्बर १ मा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।


वडा अध्यक्ष कात्तिकलाल राजवंशीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर १ झोलुंगे टोलका वेद विकका १३ वर्षीय छोरा मिलन विक रहेका छन् ।

हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।


जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेको छ । तर, हालसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय