कोशीमा बाढी पहिरोका कारण २४ जनाको मृत्यु, २२५ परिवार विस्थापित

कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुने क्रम बढेको छ। विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको हो।

अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्या निम्तिएको छ। बाढी, पहिरो, डुबान तथा चट्याङबाट मानवीय र भौतिक क्षति भइरहेको छ।

मनसुन भित्रिएयता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। १७ जनाभन्दा बढी घाइते र २ जना बेपत्ता भएको तथ्यांक प्रहरीले उपलब्ध गराएको छ। १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको जनाइएको छ।

प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिमल्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४/४, इलाम र सुनसरीमा २/२, तथा ओखलढुंगामा १ जनाको मृत्यु भएको हो।

बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए। एसपी तिमल्सिनाका अनुसार अनुसार ताप्लेजुङमा ७५, मोरङमा ६८, संखुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
4
395
सम्बन्धित

लोकप्रिय

लोकप्रिय