बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुल्यो

इटहरी  । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ ।

वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो ।


बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो । तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
45
सम्बन्धित

लोकप्रिय

लोकप्रिय