सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा

गएरातिदेखि भएको अविरल वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुवानमा परेको छ ।


जिल्लाको रुपनी गाउँपालिकामा खाँडो नदीको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा रुपनी –१ का ३० घर डुबानमा परेको पुर्ववडाअध्यक्ष पिताम्बर यादवले जानकारी दिए ।

सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गाउँपालिकास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधारे वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं ३र ११ तथा तिरुहुत गाउँपालिका वडा नं १ र २ मा समेत बाढी पसेको छ । तथ्यांक संकलन तथा पीडितको उद्दारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
0
+1
0
+1
9
305
सम्बन्धित

लोकप्रिय

लोकप्रिय