चट्याङमा परि एकैदिन ५ जनाको मृत्यु

झापा । झापा र रोल्पामा चट्याङ लागेर एकैदिन ५ जनाको मृत्यु भएको छ।


झापाको झापा गाउँपालिका–४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो। मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बिउँ उखेल्ने क्रममा चट्याङले हानेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


मंगलबार बिहान कमल गाउँपालिका २ समइगढमा खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यता रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।  जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको वडाध्यक्ष उडवीर घर्तिमगरले जानकारी दिए। मृतकहरू नाताले नन्द–भाउजू हुन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय