मेचिनगरमा पानीमा डुबेर २० महिनाका बालकको मृत्यु

बिर्तामोड । झापाको मेचिनगरमा पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।


मेचिनगर नगरपालिका वडा न. १४ नमुना टोल बस्ने बामरा सन्थालको छोरा २० महिनाको रिहान सन्थालको मुत्यृ भएको हो ।

उनी घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवि मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


बालक मंगलबार साझ ७:३० को समयमा खेल्ने क्रममा डुबेका थिए । मृतक बालकको शवको आवस्यक अनुसन्धान पश्चात् पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय