बजेट ल्याउन छोडेर डेनमार्कमा घुम्दै कैलाली लम्कीकी मेयर

धनगढी । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि कैलालीको लम्की चुहा नगरपालिकाले ल्याउन सकेन ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने ल्याउन नसकेको हो ।

नगर प्रमुख सुशीला कुमारी शाही यतिबेला वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन् । उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी हुन् ।

उनी फर्केपछिमात्र नगरपालिकाले बजेट ल्याइने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीले जानकारी दिए ।

नगरपालिकाको बजेट ल्याउन छोडेर वैदेशिक भ्रमणमा रमाउन थालेपछि नगरप्रमुख शाहीको आलोचना भइरहेको छ । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भइरहेको हो ।

यसैबिच १३ पालिका रहेको कैलालीको अन्य १२ पालिकाले बजेट ल्याएका छन् । सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
470
सम्बन्धित

लोकप्रिय

लोकप्रिय