झापामा आज एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु

Share :

बिर्तामोड । झापाको गौरीगंज पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै आजै झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित ठेकिटोला सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो ।


त्यस्तै आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
4
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय