झापा गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख

झापा । झापा गाउँपालिकाको नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०८१/०८२ को वजेट गाउँ सभाले सर्व सम्मत स्वीकृत गरेको छ ।


पालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आय व्यय समेटिएको वजेट गाउँ सभाले अनुमोदन गरेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिकाअको १६ औं गाउँ सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा पालिका कार्यवाहक अध्यक्ष थपलियाले चालु आर्थिक वर्ष को भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक २०८०/०८१ मा वर्षमा ४९ करोड ९० लाख १७ हजार २ सयबजेट रहेकोमा आगामी आर्थिक वर्ष ४७ लाख १२ हजार २ सय घटाएर अनुमानित बजेट ल्याएको हो ।


आगामी अनुमानित बजेटमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २१ लाख, संस्थागत विकास–सेवा, प्रवाह सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ ५५ लाख र पूर्वाधार विकासतर्फ १० करोड २८ लाख, संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीयत समपुरक अनुदान ७६ लाख ,प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार र प्रदेश समपुरक अनुदान १ करोड गरी ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट पालिका कार्यवाहक अध्यक्ष एवं पालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले प्रस्तुत गर्नु भएको छ ।

पालिकाले ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये गाउँपालिकाको आन्तरिक आय १ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ३९ लाख , प्रदेशबाट ४४ लाख ७९ हजार ,घरजग्गा रजिस्टेशन दस्तुर ५० लाख ,संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानिकरण अनुदान ११ करोड ७४ लाख ,प्रदेश समानिकरण अनुदान ७३ लाख ७९ हजार , संघीय समपुरक अनुदान ७६ लाख ,प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , र प्रदेश समपुरक अनुदान १ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय