वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

वडा अध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ का सचिव ४७ वर्षीय वाङदी तामाङलाई रसुवा प्रहरीले आइतबार पक्राउ गरेको हो।


सोही गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष कमी छिरिङ तामाङको उजुरीका आधारमा वडा सचिवलाई पक्राउ गरिएको रसुवाका डिएसपी केशब भट्टराईले बताए।

टिमुरेमा रहेको आफ्नो एक रोपनी १२ जग्गा बिक्रिका लागि घरबाटो सिफारिससम्बन्धी पत्र वडा सचिवले कीर्ते गरेका हुन्। वडाध्यक्षले सिफारिसमा ढिलाई गरेपछि उनले आफैं हस्ताक्षर कीर्ते गरेका बताइएको छ।


करिब ६ महिनाअघि नै वडाध्यक्षले सचिव वाङदीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। आइतबार जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि लिखत कीर्ते मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय