टी-२० विश्वकपमा अमेरिका अंक विहीन हुँदै सुपर आठबाट बाहिरयो

सह-आयोजक संयुक्त राज्य अमेरिका आइसिसी टी-२० विश्वकपबाट बाहिरिएको छ। गएराति भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै अमेरिका विश्वकपको सुपर आठबाट बाहिरिएको हो।


यसअघि सुपर आठका दुई खेलमा पराजित भएको अमेरिका अंक विहीन हुँदै सुपर आठबाट बाहिरिएको हो। गएराति इंग्ल्याण्डका दुई ओपनरले सानदार ब्याटिङ गर्दा विना विकेटको क्षतिमा अमेरिकाथि १० विकेटको जित निकालेको हो।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंगल्याण्डले ९.४ ओभरमा पूरा गरेको हो। ओपनर तथा कप्तान जोश बट्लरले विस्फोटक ब्याटिङ गर्दै ८३ रन बनाए। उनले ३८ बल खेलेर ६ चौका र ७ छक्का हाने।


ओपनर फिल सल्टले २१ बलमा २ चौका हानेर २५ रन जोडेपछि विना विकेटको क्षतिमा इंग्ल्याण्डले जित निकालेको हो । पहिले ब्याटिङ गरेको अमेरिका १८।५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।

त्यस क्रममा नितिश कुमारले बनाएको ३० रन टोलीका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा १ चौका र २ छक्का हाने।कोरे एन्डरसनले २८ बलमा १ छक्का हानेर २९ रन जोडे। हरमीत सिंहले १७ बलमा २ चौका र १ छक्का हानेर २१ रनको योगदान गरे।

ओपनर स्टिभन टेलर १२ रनमा, एन्ड्रिज गोस ८ रनमा, कप्तान आरोन जोन्स १० रनमा, मिलिन्ड कुमार ४ रनमा तथा अली खान, नोसथस केन्जिग र सौरभ नेत्रवल्कलर शून्यमा आउट भए। बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट, साम करण र आदिल रसिदले २र२ तथा रिस टोप्ले र लियम लिभिङस्टोनले १र१ विकेट लिए।

जितसँगै इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ। उसको चार अंक छ। यससँगै इंग्ल्याण्डको सेमिफाइनलमा स्थान सुरक्षित भइसकेको छ। दोस्रो स्थानमा दक्षिण अफ्रिका छ। उसको पनि ४ अंक नै छ।

तेस्रो स्थानमा रहेको वेस्ट इण्डिजको २ अंक छ। सेमिफाइनलमा जाने एक टिमको भने अन्तिम खेलबाट टुंगो लाग्ने छ। समूह २ को सुपर आठको अन्तिम खेल दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच सोमबार बिहान जारी छ। जित्ने टिम सेमिफाइनल प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय