बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका स्थित बर्नेमा रहेको मुनामदन एकेडेमीका बिद्यार्थीहरुले चलचित्र ‘गाउँ आएको बाटो’ हेरेका छन् ।
शनिबार बिर्तामोडको क्यू एफ एक्स हलमा सय जना भन्दाबढी बिद्यार्थीहरुले उक्त चलचित्र हेरेका हुन् ।
कक्षा ८, ९ र १० मा अध्यानरत बिद्यार्थीहरुले चलचित्र हेरेको बिद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपल चेतन ढुंगेलले बताउनुभयो । समाजको संस्कार र संस्कृतीहरु बुज्न र बिकासले पार्ने गरेको नकरात्मक असरहरुलाई बुझ्न यस्ता चलचित्र बिद्यार्थीहरुले हेर्नु पर्ने उहाँको धारणा थियो ।
उहाँल आगामी १० गते मंगलबार कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई चलचित्र गाउँ आएको बाटो हेर्न ल्याउने बताउनुभयो ।
जेठ २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले सफल्ता पुर्वक तेसा्रे हप्तामा प्रदर्शन भैरहेको छ । दया हाङ राई, पशुपती राई, प्रेम सुब्बा लगायत कलाकारहरुले अभिनय गरेको चलचित्रमा बालकलकारको भुमिकामा प्रशन राई लाई देख्न सक्छौ । महेश राईको कथा लेखन रहेको यस चलचित्रलाई नबिन सुब्बाले निर्देशन गरेका छन ।