इटालीमा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुग्यो

एजेन्सी । इटालीमा डुंगा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।


इटालीको तटरक्षकले यो हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी सवार डुंगा दुर्घटनामा थप १४ जनाको शव फेलापरेसँगै मृतकको संख्या ३४ पुगेको पुष्टि गरेको छ ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुंगा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए,” तटरक्षकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


अझै बेपत्ता व्यक्तिका निम्ति हवाई एवं समुद्री खोजी जारी रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय संगठनका अनुसार, गत वर्ष भूमध्यसागरमा करिब तीन हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यो वर्ष अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु र बेपत्ता भएका छन् ।

उत्तरी अफ्रिका र इटाली र माल्टाबीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
5
245
सम्बन्धित

लोकप्रिय

लोकप्रिय