रोहित, सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी-२० खेल्ने भएका छन्।


दीपेन्द्र र सन्दीपले एकै क्लबबाट खेल्नेछन्। शनिबार बिहान भएको ड्राफ्टमा सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले किनेका हुन्।

दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेल्दै उपाधि जितेका थिए। सन्दीप र दीपेन्द्र रहेको क्लबमा पाकिस्तानका बाबर आजम, मोहम्मद आमिर र मोहम्मद रिजवानलगायत छन्।


रोहितले भने पहिलोपटक फ्रेन्चाइज लिग खेल्न लागेका हुन्। रोहित टोरन्टो नेसनल्समा अनुबन्ध भएका हुन्।

ग्लोबल टी-२० लिग जुलाई २५ मा सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
210
सम्बन्धित

लोकप्रिय

लोकप्रिय