मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

Share :

बिर्तामोड । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको छ झापा प्रहरीले जनाएको छ ।

आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवारको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीका प्रहरी प्रवक्ता कृष्णप्रसाद चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय