भारतको सिम्लामा भएको बस दुर्घटना दुई नेपालीको मृत्यु

Share :

सिम्ला । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएकोमा दुई नेपाली परेका छन् ।

हिमाञ्चाल प्रदेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (एचआरटीसी)को सो बस दुर्घटनामा मृत्यु हुनेमा चालक करम दास, सहचालक राकेश कुमार तथा दुई नेपाली यात्रु वीरमा देवी र धन शाह भएको जनाइएको छ ।

चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको होे । सो बस जुबल सब स्टेसन सिम्लामा दुर्घटनामा परेको थियो । बिहान ६.४५ बजे भएको सो दुर्घटनामा परेको बसमा चालक र सहचालकबाहेक पाँच यात्रु भएको एचआरटीसीका प्रबन्ध निर्देशक रोहनचन्द ठाकुरले जनाएका छन् ।


सो बस कुडडुबाट गिल्टारी गाउँतर्फ जान लाग्दा दुर्घटनामा परेको थियो । सो दुर्घटना जियेन्दर रंगता, दीपिका ठाकुर र हस्तबहादुर गम्भीर घाइते छन् । उनीहरूको स्थानीय रोहरु अस्पतालमा उपचार भइरहेको जनाइएको छ । हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय