गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाकाे सुनुवाई असार १८ गते हुने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट निवेदन आज हेर्दाहेर्दैमा राखिएको छ।


सर्वोच्च अदालतले समय अभावका कारण हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको सुनुवाई असार १८ गते गर्ने भएको छ।

गृहमन्त्री लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग रिट निवेदनमा छ। त्यस विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो।


रिटमा रवि लामिछानेविरूद्ध सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न पनि माग गरिएको छ। उक्त रिटमा न्यायाधीश सपना प्रधान र सारंगा सुवेदीको इजलासमा बहस भएको थियो। अब गृहमन्त्री लामिछानेको पक्षबाट मात्रै बहस हुन बाँकी छ।

यसअघि सर्वोच्चले रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम सहकारी ठगीसम्बन्धी मिसिल झिकाउने आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
170
सम्बन्धित

लोकप्रिय

लोकप्रिय