नेपालकै ठूलो सहकारी सहारा नेपालको सदस्य संख्या १ लाख ७२ हजार पुग्यो

बिर्तामोड । कारोबार, सदस्य संख्या र पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेका छन् ।


संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाले आज सार्वजनिक गरेको संस्थाको २०८१ जेठ महिनाको प्रगति विवरणअनुसार सहाराका शेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेका हुन् ।

त्यस्तै, संस्थाको सेयर पुँजी १ अर्ब ६७ करोड ९२ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब ५७ करोड १६ लाख, लगानी १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख ९७।७४ प्रतिशत० र विभिन्न कोषमा ५२ करोड ४० लाख रहेको छ । संस्थासँग ३३।६२ प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएका छन् ।


नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ । २०८१ जेठ मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १० महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
0
+1
0
+1
4
385
सम्बन्धित

लोकप्रिय

लोकप्रिय